News

3rd 8848 Gold Cup 2026 अक्टोबर २५ मा हुने


3rd 8848 Gold Cup 2026 अक्टोबर २५ मा हुने

जापानस्थित New Youth Football Club (NYFC) को आयोजनामा आगामी अक्टोबर २५, २०२६ मा 3rd 8848 Gold Cup 2026 आयोजना हुने भएको छ। नेपाली तथा जापानी फुटबल समुदायबीच खेलकुदको माध्यमबाट मित्रता, एकता र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिता चिबा प्रान्तको Z Futsal Sport Tokiwadaira, Matsudo मा बिहान ९:०० बजेदेखि सञ्चालन हुनेछ। आकर्षक पुरस्कार राशिसहित आयोजना हुन लागेको प्रतियोगितामा विजेता टिमले ¥400,000 नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ¥200,000 नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै सेमिफाइनलमा पुग्ने प्रत्येक टिमलाई ¥50,000 पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत पुरस्कारसमेत प्रदान गरिने छ। Best Player, High Scorer, Best Goalkeeper तथा Best Defense विधाका विजेताहरूले जनही ¥5,000 नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूका लागि ¥41,000 प्रवेश शुल्क निर्धारण गरिएको छ। प्रतियोगितालाई Nepal Japan Football Association (NJFA 2017) ले प्राविधिक सहयोग प्रदान गर्नेछ भने GoalJapan मिडिया पार्टनरको रूपमा रहनेछ।

आयोजक NYFC ले जापानभर रहेका नेपाली तथा अन्य फुटबल क्लबहरूलाई प्रतियोगितामा सहभागिता जनाई खेलकुदको उत्सवलाई सफल बनाउन अनुरोध गरेको छ। विगतका संस्करणहरूमा जस्तै यस वर्ष पनि उच्च प्रतिस्पर्धा, रोमाञ्चक खेल र ठूलो सहभागिता रहने अपेक्षा गरिएको छ।