फुकुओकामा ‘९औँ ओहाशी कप २०२६’ फुटसल प्रतियोगिता नोभेम्बर ७ मा हुने
फुकुओका, जापान। जापानको ओहाशी एफसीको आयोजनामा ‘९औँ ओहाशी कप २०२६’ फुटसल प्रतियोगिता आगामी नोभेम्बर ७ तारिख (२०२६) मा आयोजना हुने भएको छ। खेलकुद मार्फत नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो। ओहाशी एफसीको आयोजनमा हुन लागेको प्रतियोगिता हिगाशी-कु मात्सुशिमा ५-३-१ स्थित डिनो क्लब (Dino’s Club) मा सञ्चालन हुनेछ।
प्रतियोगिताको प्रथम पुरस्कार ४ लाख जापानी येन र द्वितीय पुरस्कार २ लाख जापानी येन निर्धारण गरिएको आयोजकले जनाएको छ। त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा सम्मान गरिनेछ। सर्वाधिक गोलकर्ता (High Scorer) उत्कृष्ट खेलाडी (Best Player) उत्कृष्ट गोलरक्षक (Best Keeper) फेयर प्ले टिम (Fair Play Team) प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि प्रवेश शुल्क ४० हजार जापानी येन तोकिएको छ। टिम दर्ता गर्ने अन्तिम मिति अक्टोबर ३० तारिख रहेको छ।
प्रतियोगिताको अर्को आकर्षणका रूपमा चिठ्ठा प्रतियोगिता पनि राखिएको छ। चिठ्ठामार्फत एक जना भाग्यशाली विजेतालाई एउटा डल्लाई खसी प्रदान गरिने छ।
प्रतियोगितासम्बन्धी रकम जम्मा गर्न आयोजकले जापान पोस्ट बैंकको खाता विवरणसमेत सार्वजनिक गरेको छ।
-
बैंकको नाम: Japan Post Bank (ゆうちょ銀行)
-
खाता नम्बर: 17420-13229081
-
खातावालाको नाम: シュレスター ニーラジ
-
प्रतियोगितामा सहभागी हुन तथा थप जानकारी लिन इच्छुक टिमहरूले आयोजकसँग सम्पर्क गर्न सक्नेछन्। नीरज (NEERAJ): 090-8629-8865 सन्देश (SANDESH): 090-8666-8911
ओहाशी एफसीको आयोजनामा हुन लागेको यस प्रतियोगिताले जापानमा रहेका नेपाली फुटसलप्रेमी खेलाडी तथा खेलकुदप्रेमीहरूलाई एकै ठाउँमा जोड्ने अपेक्षा गरिएको छ। आयोजकले प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सबै टिम तथा खेलप्रेमीहरूलाई आह्वान गरेको छ।
