जापानमा 2nd Inter Tokai Dashain Tihar Cup 2026 आयोजना हुने
जापानको आइची क्षेत्रस्थित Okazaki Brothers FC को आयोजनामा आगामी अक्टोबर ११, २०२६ (आइतबार) मा 2nd Inter Tokai Dashain Tihar Cup 2026 आयोजना हुने भएको छ। नेपालीहरूको महान चाडपर्व दशैं–तिहारको अवसर पारेर आयोजना गरिने यस प्रतियोगिताले खेलकुदमार्फत नेपाली समुदायबीच एकता, भाइचारा र उत्सवको माहोललाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
“Play Together, Celebrate Together” भन्ने नारासहित आयोजना हुने प्रतियोगिता UB Tokai Futsal, Aichi मा सम्पन्न हुनेछ। आयोजकका अनुसार खेलकुद र संस्कृतिलाई एकै मञ्चमा जोड्ने उद्देश्यका साथ दोस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा विजेता टोलीले ¥300,000 नगद पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले ¥150,000 नगद पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्नेछ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर तथा उच्च गोलकर्ता (High Scorer) लाई विशेष सम्मान प्रदान गरिनेछ।
जापानका विभिन्न क्षेत्रबाट नेपाली फुटसल टोलीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको यस प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली समुदायबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।
प्रतियोगितासम्बन्धी थप जानकारी तथा दर्ताका लागि Prajwal Thapa (080-9116-2394) र Bishal Gurung (080-3640-2065) मार्फत सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ। दशैं–तिहारको खुसीलाई खेल मैदानमा समेत सँगै मनाउने उद्देश्यले आयोजना हुन लागेको यस प्रतियोगितामा सहभागी हुन तथा खेलाडीहरूलाई हौसला प्रदान गर्न सम्पूर्ण नेपाली समुदायलाई आयोजकले अनुरोध गरेको छ।
