1st Inter Tokai Unity Cup 2026 भव्य रूपमा सम्पन्न
जापानको आइची प्रान्तमा आयोजित 1st Inter Tokai Unity Cup 2026 भव्य रूपमा सम्पन्न भएको छ। “स्वास्थ्यका लागि खेलकुद: खेल मैदानमा प्रतिस्पर्धा, जीवनमा मित्रता” भन्ने मूल नाराका साथ सम्पन्न यो प्रतियोगिताले टोकाइ क्षेत्रका नेपाली खेलाडीहरूलाई एकै स्थानमा जोड्दै खेलकुदमार्फत समुदायिक एकता र मैत्री सम्बन्धलाई अझ मजबुत बनाएको छ।
प्रतियोगिताको सफल संयोजन देब कुमार घिमिरे द्वारा गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथि दीपक घिमिरे, विशेष अतिथि योमन देवान (NRNA Nagoya अध्यक्ष) रहेका थिए। खेल संयोजकको जिम्मेवारी राजू लामा ले वहन गरेका थिए भने सचिवका रूपमा ईशान श्रेष्ठ सक्रिय रहे। कार्यक्रमका Event Partner कान्छ पुन मगर रहेका थिए।
प्रतिस्पर्धात्मक खेलहरूबीच INTER NAGOYA FC ले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि हात पार्न सफल भयो। विजेता टोलीले ¥220,000 नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता YOUNG STAR FC ले ¥110,000 प्राप्त गर्यो।
व्यक्तिगत उत्कृष्टता पुरस्कारहरू यसप्रकार छन्—
-
High Scorer: त्सेतन गुरुङ
-
Best Goalkeeper: विक्रम घलान
-
Best Defender: निशान बनिया
-
Best Player: सम्बे वाइबा
यी पुरस्कारहरू Unity Guys का अध्यक्ष देब कुमार घिमिरे तथा NRNA Nagoya का संयोजक योमन देवानज्यूको हातबाट प्रदान गरिएको थियो।
आयोजकले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै खेलाडी, प्रायोजक, स्वयंसेवक तथा दर्शकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्। खेलकुदले समुदायलाई नजिक ल्याउने र सकारात्मक ऊर्जा फैलाउने विश्वाससहित आगामी वर्षहरूमा अझ भव्य रूपमा प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको आयोजकले जनाएका छन्।
