जापानको क्योतोमा ‘प्रथम क्योतो रोयल कप २०२६’ फुटसल प्रतियोगिता हुँदै, विजेताले ५ लाख ११ हजार १११ येन पाउने
क्योतो, जापान। जापानमा नेपाली युवा समुदायबीच एकता, मित्रता र खेलकुदको विकास गर्ने उद्देश्यले Kyoto Royal Youth को आयोजनामा ‘प्रथम क्योतो रोयल कप फुटसल प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ।आयोजकका अनुसार प्रतियोगिता आगामी नोभेम्बर १५, २०२६ (आइतबार) का दिन जापानको क्योतोस्थित Futsal Square Kyotominami मा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले नोभेम्बर १० भित्र आफ्नो टिम दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगितामा टिम सङ्ख्याको सीमा नराखिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टिमले नगद ५ लाख ११ हजार १११ येन सहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यसैगरी उपविजेता टिमले २ लाख ११ हजार १११ येन सहित ट्रफी र मेडल प्राप्त गर्नेछ। प्रतियोगितामा टिमगत पुरस्कारसँगै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत विधामा समेत पुरस्कृत गरिनेछ। उत्कृष्ट खेलाडी (Best Player), उत्कृष्ट गोलरक्षक (Best Keeper), उत्कृष्ट डिफेन्डर (Best Defender), सर्वाधिक गोलकर्ता (High Scorer) ट्रफी प्रदान गरिनेछ।
प्रतियोगिताको मिति, स्थान र दर्ता विवरण
-
प्रतियोगिता: प्रथम क्योतो रोयल कप फुटसल प्रतियोगिता २०२६
-
मिति: नोभेम्बर १५, २०२६ (आइतबार)
-
टिम दर्ताको अन्तिम मिति: नोभेम्बर १०, २०२६
-
स्थान: Futsal Square Kyotominami
-
ठेगाना: 135 Takeda Aoikecho, Fushimi Ward, Kyoto, Japan, 612-8426
-
प्रवेश शुल्क: प्रतिटिम ४५,००० येन
थप जानकारी तथा टिम दर्ताका लागि सम्पर्क
-
चूडामणि खड्का: 080-9802-9500
-
ओमकार विष्मा: 090-7593-7992
आयोजकले इच्छुक टिमहरूलाई निर्धारित समयभित्र नाम दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।
