News

1st SpaceX Futsal Tournament 2026 सफलतापूर्वक सम्पन्न


1st SpaceX Futsal Tournament 2026 सफलतापूर्वक सम्पन्न

फुकुओकास्थित Dino’s Club मा आयोजित Chandra Surya Presents – 1st SpaceX Futsal Tournament 2026 उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी सम्पूर्ण टोली, खेलाडी, अफिसियल, सहयोगी तथा दर्शक महानुभावहरूलाई आयोजक SpaceX Futsal Tournament Team ले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दाजुभाइ टिम विजेता बन्न सफल भयो भने EV FC उपविजेता रह्यो। आयोजकले दुवै टोलीलाई हार्दिक बधाई व्यक्त गर्दै खेलकुदमैत्री वातावरण निर्माणमा सबैको योगदानको प्रशंसा गरेको छ।

लामो समयपछि आयोजना गरिएको यो प्रतियोगिता अपेक्षाकृत सफल भएको आयोजकको भनाइ छ। पहिलो संस्करण भएकाले व्यवस्थापन तथा सञ्चालनका क्रममा केही कमी–कमजोरी हुन सक्ने स्वीकार गर्दै आयोजकले त्यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। साथै, आगामी संस्करणहरूलाई अझ व्यवस्थित, भव्य र उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

आयोजकका अनुसार खेल भनेको हार–जित दुवैको संगम भएकाले अन्तिममा एउटा मात्र टोली विजेता बन्ने भए पनि सबै सहभागी टोलीहरूको खेल भावना, अनुशासन र सहभागिता प्रशंसनीय रहेको छ।

SpaceX परिवारले आगामी दिनहरूमा पनि सबैको माया, साथ, सहयोग र निरन्तर सहभागिता रहने विश्वास व्यक्त गरेको छ।