2nd Subarashii Cup 2026 जुलाई २६ मा चिबामा आयोजना हुने
चिबा, मात्सुदोस्थित Kanegasaku 2676 मा आगामी जुलाई २६, २०२६ मा आयोजना हुन लागेको 2nd Subarashii Cup 2026 का लागि तयारी अन्तिम चरणमा पुगेको आयोजक Subarashii FC ले जनाएको छ। नेपाल–जापान फुटबल समुदायबीच लोकप्रिय हुँदै गएको यो प्रतियोगिता यस वर्ष पनि भव्य रूपमा आयोजना हुने अपेक्षा गरिएको छ।
प्रतियोगिता Nepal Japan Football Association (NJFA 2017) को प्राविधिक सहयोग तथा MOIBOI株式会社 को सहकार्यमा सञ्चालन हुँदैछ। बिहान ९:०० बजे बाट सुरु हुने प्रतियोगितामा जापानभरिका फुटसल तथा फुटबल टिमहरूको उत्साहजनक सहभागिता रहने अनुमान गरिएको छ।
प्रतियोगितामा विजेता टिमले ¥400,000 प्राप्त गर्नेछ भने उपविजेता टिमका लागि ¥200,000 पुरस्कार राखिएको छ। सेमिफाइनलसम्म पुग्ने टिमलाई ¥50,000 प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई Best Keeper तथा MVP अवार्डअन्तर्गत नगद तथा ट्रफी प्रदान गरिनेछ।
टिम दर्ता शुल्क ¥41,000 तोकिएको छ। भुक्तानीका लागि Japan Post Bank मा रहेको エフシースバラシイ नामक खातामा रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ (AC: 10170-59728351)।
“One Team. One Dream. One Champion.” भन्ने नारासहित आयोजना हुने यो प्रतियोगिताले जापानमा रहेका नेपाली खेलकुद समुदायबीच मैत्री, प्रतिस्पर्धा र खेल भावना बढाउने उद्देश्य राखेको आयोजकले जनाएको छ।
Subarashii FC ले सबै टिमहरूलाई समयमै दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गर्दै सफल आयोजनाको अपेक्षा व्यक्त गरेको छ।
