Oizumi FC A र Space Purbeli Veterans FC बने 7th UFN 2026 का च्याम्पियन
SBI Remit प्रायोजित 7th UFN Running Cup 2026 तथा UFN Veterans Cup 2026 उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका छन्। शालोम स्पोर्ट्स सेन्टर, तामाडोमा आयोजित प्रतियोगितामा विभिन्न टिमहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका छन्।
Running Cup 2026 का विजेता टिमहरू
प्रतियोगिताको मुख्य श्रेणी Running Cup मा Oizumi FC A ले उत्कृष्ट खेल प्रदर्शन गर्दै ¥400,000 नगद पुरस्कारसहित उपाधि जित्न सफल भयो। उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गरेको Mercury FC उपविजेता बन्दै ¥200,000 प्राप्त गर्यो। त्यस्तै, NYFC 8848 ले तेस्रो स्थान (1st Runner Up) हासिल गर्दै ¥100,000 पुरस्कार प्राप्त गर्यो।
UFN Veterans Cup 2026 का विजेता टिमहरू
Veterans श्रेणीमा Space Purbeli Veterans FC ले उत्कृष्ट प्रदर्शन गर्दै ¥120,000 सहित उपाधि हात पार्यो। प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको Narita Nepal Veterans FC उपविजेता बन्दै ¥50,000 प्राप्त गर्यो।
आयोजक UFN तथा Kaal Bhairab Japan ले दुवै प्रतियोगितामा सहभागी सबै टिम, खेलाडी, अफिसियल तथा समर्थकहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी संस्करणहरूलाई अझ भव्य र व्यवस्थित रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
